परिभाषा
संविधानवाद भनेको मौलिक कानून (fundamental law) वा संविधानबाट राजकीय सत्ता (government authority) लाई प्राप्त हुने र सोहि कानून वा संविधानबाट नै सत्ता सीमित (लगाम) गरिने सिद्धान्त र अभ्यास (doctrine and practice) हो। यसले व्यक्तिगत अधिकारको रक्षा गर्न र सरकारका विभिन्न निकायहरूबीच सन्तुलन कायम गर्न राजकीय सत्ता/शक्ति (government power) सीमित गर्नुपर्ने आवश्यकतालाई जोड दिन्छ। मूलरूपमा संविधानवादले कानूनको शासन (rule of law), शक्ति पृथकीकरण (separation of powers) र मौलिक अधिकारको संरक्षणका सिद्धान्त (protection of fundamental rights)हरूलाई साकार रूप दिन्छ।
संविधानवादले संविधान भनेको साधारण दस्तावेज मात्र नभई सरकारी कार्य (government actions) को वैधता र वैधानिकता (legality and legitimacy)लाई नियन्त्रण गर्ने उच्च कानुन (higher law) हो भन्ने तथ्य स्थापित गर्दछ। यसले सबै कानून (laws), नीतिहरू (policies) र सरकारी गतिविधिहरू (government activities) स्थापित संवैधानिक ढाँचा (established constitutional framework) अनुरूप हुनुपर्ने कुराको सुनिश्चितता गर्दछ। यस्ता स्थापित संवैधानिक ढाँचामा सामान्यतया जाँच र सन्तुलन (checks and balances), न्यायिक समीक्षा (judicial review) र नागरिक स्वतन्त्रताको संरक्षण (safeguarding of civil liberties)का लागि संयन्त्रहरू (mechanisms) समावेश हुन्छन् ।
संविधानवादका मुख्य विशेषताहरू
संविधानवादका मुख्य विशेषताहरू यसप्रकार छन्:
- कानूनको शासन (Rule of Law): सरकारी अधिकारी र संस्थाहरू कानूनप्रति बाध्य (bound by) र जवाफदेही (accountable) हुन्छन्। कानुनभन्दा माथि कोही छैन (No one is above the law), राज्यले कुनै पनि कार्य गर्दा कानुनी प्रक्रिया अपनाउनैपर्छ (legal procedures must be followed) ।
- शक्ति पृथकीकरण (Separation of Powers): शक्तिको केन्द्रीकरण/एकाग्रता (concentration of power)लाई रोक्न र नियन्त्रण र सन्तुलन प्रदान गर्न राज्यका अङ्गहरु कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका बीच सरकारी अधिकार/राजकीय सत्ता/शक्तिको विभाजन।
- अधिकारको संरक्षण (Protection of Rights): संविधानवादले व्यक्तिगत अधिकार र स्वतन्त्रताको ग्यारेन्टी (guarantees individual rights and liberties) गर्दछ, सरकार/राजकीय सत्ताले भाषण (speech), नागरिकको भेला हुन पाउने/ सभा गर्ने अधिकार (assembly) जस्ता मौलिक स्वतन्त्रताहरूलाई उल्लङ्घन गर्न नसक्ने सुनिश्चितता प्रदान गर्दछ।
- सीमित सरकार (Limited Government): सरकारी अधिकार/राजकीय सत्ता (government authority, power)हरू संविधानद्वारा सीमित गरिन्छ, जसले सरकारी अधिकारको दायरा र सीमाहरू निर्दिष्ट (specifies the scope and limits of governmental authority) गर्दछ। यसले शक्तिको स्वेच्छाचारी प्रयोग (arbitrary use of power) लाई रोक्छ।
- प्रजातान्त्रिक सिद्धान्तहरू (Democratic Principles): प्राय: संविधानहरूले प्रजातान्त्रिक सिद्धान्तहरू समावेश गर्दछन, जसबाट “सरकार शासितहरूको सहमतिमा आधारित छ (government is based on the consent of the governed) र राजनीतिक निर्णयमा नागरिकहरूको भूमिका छ (citizens have a role in political decision-making)” भन्ने सुनिश्चित हुन्छ ।
संविधानवाद संयुक्त राज्य अमेरिका जस्ता देशहरूमा उदाहरणीय छ, जहाँ संविधान देशको सर्वोच्च कानून हो र न्यायपालिकासँग विधायिका र कार्यकारी कार्यहरूको संवैधानिकताको समीक्षा गर्ने शक्ति छ। त्यसैगरी, व्यवहारमै संविधानवादका सिद्धान्तहरू लागु गर्ने जर्मन आधारभूत कानून (Grundgesetz) हो जसले कानुनको शासन, व्यक्तिगत अधिकार र संघीयताको लागि बलियो आधार प्रदान गर्दछ।
निष्कर्ष
संक्षेपमा, संविधानवादले सरकारी शक्ति/राजकीय सत्ता (government authority) एक कानूनी ढाँचा भित्र प्रयोग गरिने सुनिश्चितता प्रदान गर्दछ जसले व्यक्तिगत स्वतन्त्रताको सम्मान गर्दछ, न्याय एवं एक स्थिर र अनुमानयोग्य कानूनी व्यवस्थालाई प्रवर्द्धन गर्दछ।