निजामती सेवाका लागि आधारभूत मानहरू राष्ट्र अनुसार फरक हुन्छन्, तर सबैजसो राष्ट्रहरुले निम्नलिखित सिद्धान्तहरू अवलम्बन गरेका हुन्छन:
- निष्ठा (Integrity): निजामती कर्मचारीहरूले उनीहरूको सबै व्यावसायिक व्यवहारहरूमा (professional dealings) निष्ठा, इमानदारी र नैतिक आचरणको (integrity, honesty, and ethical conduct) उच्चतम स्तरलाई कायम राख्ने अपेक्षा गरिन्छ। उनिहरूले तटष्ठ, निष्पक्ष र पारदर्शिताका (impartiality, fairness, and transparency) साथ काम गर्नुपर्छ, र स्वार्थको द्वन्द्व वा सार्वजनिक स्रोतको दुरुपयोगबाट बच्नुपर्दछ।
- तटष्ठता (Impartiality): निजामती कर्मचारीहरूले पक्षपात वा भेदभाव बिना सार्वजनिक हितको सेवा गर्न आवश्यक छ। तिनीहरूले सेवाग्राहीहरूको पृष्ठभूमि, स्थिति, वा राजनीतिक सम्बद्धता (background, status, or political affiliation) नहेरीकन सबै नागरिक र सरोकारवालाहरूसँग समान रूपमा र तटष्ठ रूपमा व्यवहार गर्नुपर्छ, ।
- व्यावसायिकता (Professionalism): निजामती कर्मचारीहरूले व्यावसायिकता, दक्षता र लगनशीलताका (professionalism, competence, and diligence) साथ आफ्नो कर्तव्यहरू पूरा गर्ने अपेक्षा गरिन्छ। आफ्नो जिम्मेवारी प्रभावकारी र कुशलतापूर्वक (effectively and efficiently) पूरा गर्नका लागि उनीहरूसँग आवश्यक सीप, ज्ञान र विशेषज्ञता (skills, knowledge, and expertise) हुनुपर्छ।
- जवाफदेहिता (Accountability): निजामती कर्मचारीहरू आफ्ना कार्य र निर्णयहरूका (actions and decisions) लागि नागरिक र उनीहरूका उच्च अधिकारीहरूप्रति उत्तरदायी हुन्छन्। उनीहरू आफ्नो आचरणका (conduct) बिषयमा पारदर्शी हुनुपर्छ, आफ्नो गल्तीहरूको लागि प्रति स्व जिम्मेवार हुनु पर्दछ, र छानबिन र निरीक्षणको (open to scrutiny and oversight) लागि सदैव तयार रहनु पर्दछ ।
- कानूनको शासनको सम्मान (Respect for the Rule of Law): निजामती कर्मचारीहरूले कानुनी सिद्धान्त, संवैधानिक मापदण्डहरू र मानव अधिकारको मापदण्डहरूसँग (legal principles, constitutional norms, and human rights standards )सरकारी कार्यहरू संगतिपूर्ण रहे नरहेको बारे सुनिश्चित गर्दै कानूनको शासनको सम्मान र समर्थन गर्नुपर्दछ। उनीहरूले आफ्नो कर्तव्यहरूको कार्यान्वयनमा कानून, नियमहरू र प्रशासनिक प्रक्रियाहरूको (laws, regulations, and administrative procedures) पालना गर्नुपर्छ।
- सेवा अभिमुखीकरण (Service Orientation): निजामती कर्मचारीहरू सार्वजनिक सेवक हुन् र तिनीहरूको प्राथमिक कर्तव्य जनताको हित र सार्वजनिक हितको सेवा गर्नु हो। उनीहरूले नागरिकको आवश्यकता र सरोकारप्रति (needs and concerns) उत्तरदायी हुनुपर्छ, व्यक्तिगत वा राजनीतिक स्वार्थभन्दा सार्वजनिक कल्याणलाई प्राथमिकता दिनुपर्छ र सार्वजनिक सेवाहरूको गुणस्तर र पहुँच (quality and accessibility of public services) सुधार गर्न प्रयास गर्नुपर्छ।
- तटष्ठ सल्लाह (Impartial Advice): निजामती कर्मचारीहरूले व्यक्तिगत पूर्वाग्रह वा पक्षपातपूर्ण विचारहरूबाट (personal biases or partisan considerations) मुक्त, निर्वाचित जनप्रतिनिधिहरू र नीति निर्माताहरूलाई वस्तुनिष्ठ र प्रमाणमा-आधारित सल्लाह प्रदान गर्नुपर्छ। उनीहरूले नीति विकल्पहरू र सम्भावित प्रभावहरूको (potential implications) सन्तुलित मूल्याङ्कनहरू (balanced assessments) प्रस्तुत गर्नुपर्छ, जसले निर्णय-निर्माताहरूलाई सूचित छनौटहरू (informed choices) गर्न मद्दत गर्दछ जसले समग्र समाजलाई फाइदा पुर्याउँछ।
- विविधताको लागि सम्मान (Respect for Diversity): निजामती कर्मचारीहरूले संस्कृति, धर्म, जाति र विचारमा भिन्नताहरू सहित समाजको विविधतालाई सम्मान र मूल्य दिनुपर्दछ। उनीहरूले समावेशीता, सहिष्णुता र मानव अधिकारको सम्मानलाई प्रवर्द्धन गर्नुपर्दछ, र सरकारी नीति र कार्यक्रमहरू जनसंख्याका सबै खण्डहरूको आवश्यकताहरूप्रति उत्तरदायी छन् भनी सुनिश्चित गर्ने कार्य गर्नुपर्छ।
यी आधारभूत मूल्यहरूले निजामती कर्मचारीहरूको व्यवहार र आचरणलाई मार्गनिर्देशन गर्दछ, उनीहरूले इमानदारी, व्यावसायिकता र सार्वजनिक हितप्रति प्रतिबद्धताका (integrity, professionalism, and commitment to the public interest) साथ आफ्ना कर्तव्यहरू पूरा गर्ने सुनिश्चित गर्दछ। सरकारी संस्थाहरूमा जनताको विश्वास कायम राख्न र लोकतन्त्र र सुशासनका सिद्धान्तहरू कायम राख्न यी आधारभूत मूल्यहरू आवश्यक छन्।
सस्थागत सुशासन भनेको के हो?