Globalization

विश्वव्यापीकरण, भूमण्डलीकरण

बिषय प्रवेश

विश्वव्यापीकरणले अर्थतन्त्र, समाज, संस्कृति र विश्वभरका मानिसहरूको बढ्दो अन्तरसम्बन्ध र अन्तरनिर्भरतालाई जनाउँछ। प्रविधि, संचार, यातायात, र व्यापार क्षेत्र समयक्रम संगै चलायमान हुदैँ जाँदा विश्वव्यापीकरणको प्रभाव बढ्दो छ, जसले विश्वस्तरमा सामान, सेवा, सूचना, विचार, र संस्कृतिको आदान प्रदानमा सहजीकरण गरेको छ।

विश्वव्यापीकरणका मुख्य पक्षहरू

विश्वव्यापीकरणका मुख्य पक्षहरू यसप्रकार छन्:

  • व्यापार (Trade): बहुराष्ट्रिय कम्पनिहरूको (multinational corporations) उदय, अन्तर्राष्ट्रिय व्यापारको विस्तार, ट्यारिफ र कोटा जस्ता व्यापार अवरोधहरू हटाइए पछि अन्तरदेशीय व्यापार सहज हुन गइ बिश्वब्यापिकरणलाई बढावा मिलेको छ।
  • लगानी (Investment): अन्तरदेशीय सीमापार गरेर पूँजीको प्रवाह, प्रत्यक्ष  बैदेशिक लगानी (FDI) सहित स्टक, बन्ड, र अन्य वित्तीय सम्पत्तिहरूमा बिदेशी लगानी प्रवर्द्धन।
  • प्रविधि (Technology): प्रविधिको द्रुत विकास र प्रसार, विशेष गरी दूरसंचार, यातायात र सूचना प्रविधिमा आएको प्राविधिक विकासले विश्वव्यापी रूपमा व्यवसाय सञ्चालन र सञ्चार गर्ने तरिकालाई परिवर्तन गरेको छ।
  • श्रम गतिशीलता (Labor Mobility): आप्रवासन, अस्थायी वर्क भिसा  वा बहुराष्ट्रिय कम्पनिहरू भित्र बाहिरी राष्ट्रका नागरिकलाई समेत रोजगारीका अवसरहरूले मानिसहरूको सिमाना पार आवागमन हुन गई बिश्वब्यापीरुपमा एकरुपता हुन गएको छ।
  • सांस्कृतिक आदानप्रदान (Cultural Exchange): मिडिया, मनोरञ्जन, पर्यटन र बसाइँसराइको माध्यमबाट सीमापार विचार, मूल्य, मान्यता, भाषा र सांस्कृतिक अभ्यासहरूको प्रसार, सांस्कृतिक एकरूपताका साथै सांस्कृतिक विविधतातर्फ समाज उन्मुख देखिएको छ।
  • राजनीतिक र कानुनी रूपरेखा (Political and Legal Frameworks): व्यापार, वित्त, वातावरण, मानव अधिकार र सुरक्षा जस्ता क्षेत्रमा सहयोग र सुशासनलाई सहज बनाउने उद्देश्यले अन्तर्राष्ट्रिय संस्था, सन्धि र सम्झौताहरूको स्थापनाले समेत बिश्वब्यापिकरणलाई बढावा मिलेको छ।

निष्कर्ष

विश्वव्यापीकरणका फाइदा र चुनौती दुवै छन्। एकातिर यसले आर्थिक वृद्धि, दक्षता, नवप्रवर्तन र सांस्कृतिक आदानप्रदानमा वृद्धि गरेको छ भने अर्कोतर्फ आय असमानता, रोजगारी विस्थापन, वातावरणीय ह्रास र सांस्कृतिक एकरूपता जस्ता समस्याहरूसँग पनि जोडिएको छ ।

भूमण्डलीकरणको दायरा र प्रभाव विभिन्न क्षेत्र र देशहरूमा फरक-फरक हुन्छ, कसैले यसलाई विकासको अवसरको रूपमा अँगालेका छन् र अरूले यसको प्रभावहरू विरुद्ध प्रतिरोध वा प्रतिक्रियाको सामना गरिरहेका छन्।

Comments

No comments yet. Why don’t you start the discussion?

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ