नेपाल आयल निगम लिमिटेड, बरिष्ठ सहायक (प्रशासन/लेखा) [परीक्षा मिति: २०८१/१०/१०] (पूर्णांक: ५ )
डिजिटल साक्षरता, सूचना तथा सञ्चार प्रविधि (ICT) को प्रभावकारी उपयोग गर्ने क्षमता हो। यो केवल कम्प्युटर चलाउन जान्ने कुरामा मात्र सीमित बिषयबस्तु होइन , इन्टरनेट, स्मार्टफोन, सफ्टवेयर, सामाजिक सञ्जाल, र डिजिटल उपकरणहरूको सही र सुरक्षित प्रयोग गर्ने ज्ञान समेत हो। डिजिटल साक्षरताले व्यक्तिलाई डिजिटल उपकरणमार्फत जानकारी प्राप्त गर्न, साझा गर्न, समस्या समाधान गर्न, र दक्षतापूर्वक काम गर्न सक्षम बनाउँछ।
डिजिटल साक्षरता परम्परागत रूपमा डेस्कटप कम्प्युटरहरूमा आधारित थियो, तर इन्टरनेट र सामाजिक संजालको व्यापक उपयोगिताले यसको आधार “मोबाइल उपकरणहरू” मा केन्द्रित हुन पुगेको छ।
डिजिटल साक्षरता भनेको टाइपिङ वा डिजिटल मिडिया प्लेटफर्महरू प्रयोग गरेर सूचना प्राप्त गर्ने, सूचना मूल्याङ्कन गर्ने र सूचना आदान-प्रदान गर्ने वैयक्तिक क्षमता हो। डिजिटल साक्षरता प्राविधिक (technical) र संज्ञानात्मक (cognitive) दुवै क्षमताको संयोजन हो ; यसले सूचना तथा सञ्चार प्रविधिहरू प्रयोग गरेर सूचना/जानकारी सिर्जना (creation), मूल्याङ्कन (evaluate) र साझा (share) गर्दछ।
“डिजिटल” ले कम्प्युटर र इन्टरनेटदेखि प्राविधिक वस्तुहरू र उपकरणहरू जस्तै सेलफोन (cellphones), स्मार्ट होम सिस्टम (smart home systems), एयरपोर्टहरूमा चेक-इन किओस्कहरू (check-in kiosks ) इत्यादि प्रविधिलाई बुझाउँछ,साक्षरताले प्रविधिलाई राम्रोसँग प्रयोग गर्ने क्षमतालाई बुझाउँछ। तसर्थ डिजिटल साक्षरता भनेको प्रविधिलाई प्रभावकारी, सुरक्षित र जिम्मेवारीपूर्वक प्रयोग गर्ने ज्ञान र सीप हो।
डिजिटल साक्षरता परम्परागत रूपमा डेस्कटप कम्प्युटरहरूमा आधारित थियो, तर इन्टरनेट र सामाजिक संजालको व्यापक उपयोगिताले यसको आधार “मोबाइल उपकरणहरू” मा केन्द्रित हुन पुगेको छ।
उदाहरण
डिजिटल उपकरणको प्रयोग: कुनै विद्यार्थीले अनलाइन कक्षा लिनु, पाठ्यक्रम सामग्री डाउनलोड गर्नु, र अनलाइन गृहकार्य बुझाउनु डिजिटल साक्षरताको उदाहरण हो।
सुरक्षित अनलाइन व्यवहार: बैंकिङ सेवाको लागि मोबाइल एप प्रयोग गर्दा आफ्नो पासवर्ड सुरक्षित राख्नु र फ्रडबाट जोगिनु डिजिटल साक्षरताको राम्रो उदाहरण हो। बैंकिङ सेवा उपयोग गर्दा प्रयोग भएका प्लेटफर्मको प्राविधिक जानकारी, समस्या आउँदा अपनाउन सकिने सम्भावित समाधानका उपायहरु सम्वन्धि जानकारी, सुरक्षा ख़तरासम्वन्धि जानकारी, ह्याकिंग, फिसिंग, भाइरससम्वन्धि आवश्यक सूचना आदि।
सामाजिक सञ्जालको उपयोग: आफ्नो विचार वा सूचना फेसबुक, ट्विटर, वा अन्य प्लेटफर्ममा सुरक्षित र प्रभावकारी रूपमा साझेदारी गर्नु। जानकारी साझेदारी गर्दा प्रयोग भएका प्लेटफर्मको प्राविधिक जानकारी, प्रयोग गर्ने तरिका, सुरक्षा ख़तरासम्वन्धि सचेतता आदि।
डिजिटल सञ्चार: इमेल (email) लेख्न जान्नु, जुम बैठक (zoom meeting)मा सहभागी हुन जान्नु, वा भिडियो कल (video call) मार्फत सम्पर्क गर्नु पनि डिजिटल साक्षरता अन्तर्गत पर्दछ।
डिजिटल साक्षरताले व्यक्तिहरूलाई डिजिटल जानकारी प्राप्त गर्न (access information), प्रभावकारी रूपमा सञ्चार गर्न (communicate effectively), अनलाइन सहकार्य गर्न (collaborate online), डिजिटल सामग्रीको आलोचनात्मक मूल्याङ्कन गर्न (critically evaluate digital content), र डिजिटल ल्यान्डस्केपलाई सुरक्षित रूपमा नेभिगेट गर्न (navigate the digital landscape safely) सक्षम बनाउँछ। यसलाई आधुनिक जीवनको आधारशिला (cornerstone of modern life) मानिन्छ र वर्तमान समयमा सूचित रहन र समाजमा संलग्न हुन (staying informed and engaged in society) यो अपरिहार्य भएको छ।
अत: डिजिटल साक्षरता आजको समयमा आधारभूत आवश्यकता बनेको छ। यसले व्यक्तिगत, शैक्षिक, र व्यावसायिक क्षेत्रमा प्रगति गर्न मद्दत गर्दछ। डिजिटल युगमा सफल हुनको लागि डिजिटल साक्षरता आवश्यक छ, किनभने यसले समय बचत मात्र गर्दैन, दक्षता र प्रतिस्पर्धात्मकता पनि बढाउँछ।