संघीय प्रणालीका मुख्य विशेषताहरू निम्नानुसार छन्:
संघीय शासन प्रणालीको प्रमुख विशेषता सार्वभौमसत्ताको बाँडफाँड हो।
राज्य शक्ति र सत्ता बाँडफाँड: संघीय प्रणालीमा सरकारको शक्ति केन्द्र सरकार र प्रदेश सरकारबीच स्पष्ट रूपमा बाँडिन्छ। राज्य शक्ति र सत्तालाई एकल अधिकार र साझा अधिकार एवं अवशिष्ट अधिकारका रूपमा परिभाषित र विभक्त गरिएको हुन्छ।
दुई वा बढी तहका सरकार: यस प्रणालीमा केन्द्र सरकार, प्रदेश सरकार, र कतिपय अवस्थामा स्थानीय सरकार पनि हुन्छ। अर्थात् एउटै देशमा धेरै सरकारहरु हुन्छन। तहगत सरकारहरु सामान्यतया: सहकारिता, समन्वय र सह-अस्तित्वको सिद्धान्तमा आधारित हुन्छन।
संविधानको सर्वोच्चता: सबै सरकारहरूले संविधानलाई पालना गर्नुपर्छ। संविधान नै सबैभन्दा उच्च कानुनी दस्तावेज हो।
क्षेत्रीय स्वायत्तता: प्रदेशहरूलाई आफ्ना क्षेत्रीय आवश्यकता अनुसार स्वतन्त्र रूपमा निर्णय गर्न अधिकार दिइन्छ।
विवाद समाधानका लागि संरचना: केन्द्र र प्रदेश सरकारबीच विवाद भएमा समाधान गर्न विशेष संरचनाको व्यवस्था हुन्छ।
जनताको प्रतिनिधित्व: संघीय प्रणालीले जनतालाई सरकारमा प्रतिनिधित्व गर्ने अवसर दिन्छ। यसले जनताको आवाजलाई सशक्त बनाउँछ।
बहुजातीय र बहुभाषिक विविधताको सम्मान: संघीय प्रणालीले विभिन्न जाति, भाषा, र संस्कृतिलाई सम्मान र संरक्षण प्रदान गर्छ।
स्थानीय विकासलाई प्राथमिकता: स्थानीय सरकारहरूलाई बलियो बनाएर स्थानीय विकासलाई प्राथमिकता दिइन्छ।
आफ्नो नियम बनाउने अधिकार: प्रदेशहरूले आफ्ना आवश्यकता अनुसार कानुन र नियम बनाउन सक्छन्।
आर्थिक स्रोतको बाँडफाँड: आर्थिक स्रोतहरू केन्द्र र प्रदेशबीच न्यायपूर्ण रूपमा बाँडिन्छ।
शक्ति सन्तुलन: संघीय प्रणालीले शक्ति सन्तुलन कायम गर्न मद्दत गर्छ। न त केन्द्र सरकार धेरै बलियो हुन्छ, न त प्रदेश सरकार।
जवाफदेहिताको सुनिश्चितता: संघीय प्रणालीमा सरकारहरू जनताप्रति उत्तरदायी रहन्छन्।
प्राकृतिक स्रोतको उपयोग: प्रदेशहरूले आफ्नो क्षेत्रमा उपलब्ध प्राकृतिक स्रोतहरूको सदुपयोग गर्न पाउँछन्।
आर्थिक सामाजिक समावेशीता र समानता: संघीय प्रणालीले विभेद र असमानता हटाई सबै समुदाय र क्षेत्रलाई समेट्ने प्रयास गर्छ। यसले समान विकासको सम्भावना बढाउँछ।
यसरी, संघीय शासन प्रणालीले विविधता र एकतालाई समेटेर राज्य संचालन गर्ने वातावरण तयार पार्छ। यसले केन्द्र, प्रदेश, र स्थानीय तहमा प्रभावकारी समन्वय गर्दै देशको समग्र विकासमा टेवा पुर्याउँछ।