संगठित अपराध भनेको के हो?
संगठित अपराध भन्नाले लाभ, शक्ति वा प्रभाव (profit, power, or influence) को लागि गैरकानूनी गतिविधिमा संलग्न हुने संरचित र श्रेणीबद्ध आपराधिक उद्यम (structured and hierarchical criminal enterprise) लाई जनाउँछ। व्यक्तिगत वा अवसरवादी आपराधिक कार्यहरूभन्दा फरक संगठित अपराधले ठूलो मात्रामा अवैध गतिविधिहरू सञ्चालन गर्न सहयोग गर्ने व्यक्तिहरूको समूह वा नेटवर्कहरूबाट गरिने समन्वयात्मक प्रयासहरू (coordinated efforts) समेट्दछ। यी आपराधिक सङ्गठनहरूले कानूनको कार्यान्वयन बाट बच्न (evade law enforcement) र तिनीहरूको अवैध नाफालाई अधिकतम बनाउनको लागि परिष्कृत विधिहरू, रणनीतिहरू र नेटवर्कहरू (sophisticated methods, strategies, and networks) प्रयोग गरेर सामान्यतया बहु क्षेत्राधिकारहरूमा आफ्नो गतिविधि सञ्चालन (operate across multiple jurisdictions) गर्छन्।
संगठित अपराधका केही मुख्य विशेषताहरू र पक्षहरू
- संरचना र तह/श्रेणीबद्ध(Structure and Hierarchy) : संगठित आपराधिक समूहहरूको चरित्र/विशेषता एक श्रेणीबद्ध संरचनाद्वारा निर्मित हुन्छ जहाँ शृंखला, भूमिका र जिम्मेवारी (clearly defined roles, responsibilities, and chains of command) स्पष्ट रूपमा तोकिएको हुन्छ । यस्तो समूहमा प्रायः नेताहरू (leaders), कमाण्डर (commanders), प्रवर्तनकर्ता (enforcers) र सदस्यहरू (members) हुन्छन् जो लागूपदार्थको तस्करी, मानव बेचबिखन, जबरजस्ती असुली, मनी लान्ड्रिङ, वा ठगी (drug trafficking, human trafficking, extortion, money laundering, or racketeering) जस्ता विभिन्न गतिविधिहरूमा विशेषज्ञ हुन्छन्।
- अवैध गतिविधिहरू (Illegal Activities) : संगठित अपराध समूहहरू लागूऔषध ओसारपसार (drug trafficking) , हतियार ओसारपसार (arms trafficking), मानव बेचबिखन (human trafficking) , तस्करी (smuggling) , जबरजस्ती असुली (extortion), मनी लान्ड्रिङ (money laundering), धोखाधडी (fraud), जालसाजी (counterfeiting) , साइबर अपराध (cybercrime) , र भ्रष्टाचार (corruption) लगायतका विभिन्न गैरकानूनी गतिविधिहरूमा संलग्न हुन्छन्। यी गतिविधिहरूले ति संलग्न व्यक्तिहरुलाई अधिक नाफा प्राप्त हुन्छ तर यस्को सामाजिक, आर्थिक र सुरक्षा प्रभावहरू गम्भीर प्रकृतिका हुन्छन।
- नाफाको उद्देश्य (Profit Motive) : संगठित अपराध नाफा र आर्थिक लाभका लागि संचालित हुन्छ। आपराधिक संगठनहरूले लागूऔषध ओसारपसार (drug trafficking) , तस्करी (smuggling contraband goods) , अवैध व्यापारहरू चलाउने (running illegal businesses) , ठगी योजनाहरूमा संलग्न हुने (engaging in fraud schemes) वा ग्राहकहरूलाई अवैध सेवाहरू प्रदान गर्ने (providing illicit services to clients) जस्ता विभिन्न माध्यमहरू मार्फत अवैध नाफा बढाउन खोज्छन्।
- हिंसा र धम्की (Violence and Intimidation) : संगठित अपराध समूहहरूले प्राय: इलाकाहरूमा नियन्त्रण कायम राख्न (control over territories) , तिनीहरूको आपराधिक उद्यमहरूलाई सुरक्षित राख्न (protect their criminal enterprises) र प्रतिद्वन्द्वी वा धम्कीहरू हटाउन (eliminate rivals or threats) हिंसा, धम्की र जबरजस्ती प्रयोग गर्छन्। तिनीहरूले आफ्नो प्रभुत्व स्थापित गर्न र कानून कार्यान्वयन वा प्रतिस्पर्धीहरूलाई रोक्नको लागि जबरजस्ती असुली (extortion) , अपहरण (kidnapping) , हत्या (assassinations) , र आतंकवादी कार्यहरू (acts of terrorism) जस्ता रणनीतिहरू प्रयोग गर्न सक्छन्।
- भ्रष्टाचार र मिलीभगत (Corruption and Collusion) : संगठित अपराध समूहहरूले आफ्नो हितको रक्षा गर्न, अभियोजनबाट बच्न (evade prosecution) र प्रभाव वा दण्डहीनताका निमित्त (gain influence or impunity) सार्वजनिक अधिकारीहरू, कानून कार्यान्वयन निकाय, राजनीतिज्ञहरू र अन्य संस्थाहरूमा घुसपैठ गर्न वा ति व्यक्ति/निकायहरुलाई भ्रष्ट बनाउन सक्छन् । भ्रष्टाचार र मिलीभगतले कानूनको शासनलाई कमजोर बनाउँछ, जनताको विश्वासमा खलल पुर्याउँछ र आपराधिक गतिविधिलाई सहज बनाउँछ।
- विश्वव्यापी पहुँच (Global Reach) : संगठित अपराध अन्तरराष्ट्रिय (transnational) प्रकृतिको हुन्छ र सीमाना (borders) , क्षेत्राधिकार (jurisdictions) , र क्षेत्र (regions) सहित सञ्चालन हुन्छ। आपराधिक संगठनहरूले आफ्नो व्यवसायिक कार्यक्षेत्र विस्तार गर्न, खोज/छानबिन (evade detection) बाट बच्न र विश्वव्यापी स्तरमा नाफा वृद्धि गर्न कानुनी प्रणाली (legal systems), नियामक ढाँचा (regulatory frameworks) र कानून कार्यान्वयन क्षमता (law enforcement capabilities) हरूमा रहेको छिद्र पत्ता लगाई तदनुरूप कार्य गर्दछन ।
- परिष्कृत विधिहरू (Sophisticated Methods) : संगठित अपराध समूहहरूले गैरकानूनी गतिविधिहरू गर्न र कानून/फैसला कार्यान्वयनबाट बच्न परिष्कृत पद्धतिहरू, विधि र प्रविधिहरू (sophisticated methods, techniques, and technologies) प्रयोग गर्छन्। यसमा इन्क्रिप्शन (encryption), जटिल वित्तीय लेनदेनहरू मार्फत मनी लान्ड्रिङ (money laundering through complex financial transactions), इन्क्रिप्टेड सञ्चार प्लेटफर्महरूको प्रयोग (use of encrypted communication platforms), र अवैध उद्देश्यका लागि क्रिप्टोकरेन्सीहरू जस्ता उदीयमान प्रविधिहरू समावेश हुन सक्छ।
- अनुकूलता र लचिलोपन (Adaptability and Resilience): निर्माण तथा कार्यान्वयन प्रक्रियामा गरिने परिवर्तन र सुधार, बजारको अवस्था र प्रविधिमा सुधार संगै संगठित अपराधमा पनि तदनुरूप परिवर्तन र सुधार/फरकपन आउँछ। आपराधिक संगठनहरू लगातार नवीनता (innovate), आफ्नो गतिविधिहरू विविधीकरण (diversify their activities), कार्य सञ्चालन जारी राख्न र आफ्नो पहिचान लुकाउन नयाँ तरिकाहरुको खोजि गर्दछन।
- सामाजिक र आर्थिक प्रभाव (Social and Economic Impact): संगठित अपराधले समुदाय, समाज र अर्थतन्त्रमा (communities, societies, and economies) महत्वपूर्ण सामाजिक, आर्थिक र सुरक्षा प्रभाव (social, economic, and security impacts) पार्छ। यसले कानूनको शासन ( rule of law) लाई कमजोर बनाउँछ, वैध व्यवसायमा बाधा पुर्याउँछ (disrupts legitimate businesses), भ्रष्टाचारलाई बढावा दिन्छ (fosters corruption), हिंसा र अस्थिरतालाई बढाउँछ (exacerbates violence and instability), अवैध अर्थतन्त्रलाई बढावा दिन्छ (fuels illicit economies), र संस्थाहरूमाथिको जनविश्वासलाई घटाउँछ (erodes public trust in institutions)।