(प्रदेश लोकसेवा आयोग, कर्णाली प्रदेश, महिला विकास अधिकृत, सातौं तह, परीक्षा मिति:२०८१/०६/१३)
लैङ्गिक समानता र लैङ्गिक समता दुई भिन्न तर अन्तरसम्बन्धित अवधारणाहरू हुन् जसले लैङ्गिक असमानताहरूलाई सम्बोधन गर्दछ। लैङ्गिक समतालाई लैङ्गिक समानता हासिल गर्ने माध्यम मानिन्छ। असंतुलनलाई सम्बोधन गरेर र लक्षित सहायता प्रदान गरेर, लैङ्गिक समताले वास्तविक समानताको लागि अवस्थाहरू सिर्जना गर्न मद्दत गर्दछ।
लैङ्गिक समानता (Gender Equality)
- लैङ्गिक समानता भनेको शिक्षा (education), रोजगारी (employment) र निर्णय लिने प्रक्रिया(decision-making process) लगायत जीवनका सम्पूर्ण क्षेत्रहरूमा सबै लिङ्गका व्यक्तिहरूलाई समान अवसर (same opportunities), अधिकार (rights) र जिम्मेवारीहरू (responsibilities) प्रदान गर्नु हो।
- लैङ्गिक समानताको अर्थ सबै लैङ्गिकता भएका व्यक्तिहरु उस्तै (same) हुन् वा उस्तै हुन्छन् भन्ने होइन। तर जन्मिएको व्यक्ति पुरुष हो कि महिला भन्ने आधारमा उनीहरुले पाउने अधिकार, जिम्मेवारी र अवसरहरू (rights, responsibilities, and opportunities) मा भेदभाव गरिनु हुदैन। सबै व्यक्तिहरुलाई उनीहरुको लैङ्गिकता नहेरीकन अवसरहरुमा समान पहुँच दिईनुपर्दछ ।
- लैङ्गिक समानताले लैङ्गिकताको पर्वाह नगरी समान व्यवहारलाई जोड दिन्छ।
- लैङ्गिक समानताले सबैजनाको अवस्थिति एउटै स्थितिबाट सुरु हुन्छ र उनीहरु सबैलाई समान रूपमा व्यवहार गर्नुपर्छ भन्ने मान्यता राख्छ।
- यो साध्य हो र यसले मात्रात्मक तथा औपचारिक समानताको कुरा गर्दछ।
- यसको लक्ष्य “लैङ्गिकताका आधारमा भेदभाव हटाउन र सबैलाई समान रूपमा व्यवहार गर्ने समाज निर्माण गर्नु” हो।
- उदाहरण: पुरुष र महिलालाई समान कामको लागि समान तलब प्रदान गर्ने, वा केटा र केटीहरूको शिक्षामा समान पहुँच सुनिश्चित गर्ने आदि।
लैङ्गिक समता (Gender Equity)
- लैङ्गिक समता भनेको अधिकार (rights), दायित्व (obligations), अवसर (opportunities) र लाभहरूमा (benefits) लैङ्गिक समानता ल्याउनको लागि गरिने असमान व्यवहार हो।
- लैङ्गिक समता, लैङ्गिकताको आधारमा व्यक्तिहरूको आफ्नो विशिष्ट आवश्यकता (unique needs) र परिस्थितिहरूलाई (circumstances) सम्बोधन गर्न निष्पक्षता (fairness) र न्यायमा (justice) केन्द्रित हुन्छ। यसले ऐतिहासिक र सामाजिक अन्याय तथा विकृतिहरूलाई (historical and social disadvantages) सच्याउने उपायहरू अवलम्बन गर्छ।
- यसले प्रणालीगत असन्तुलनहरूलाई (systemic imbalances) पहिचान र सम्बोधन गरेर निष्पक्षतालाई जोड दिन्छ।
- लैङ्गिक समताले प्रणालीगत असमानताका कारण व्यक्तिहरूको अवस्थिति विभिन्न स्थानबाट सुरु हुने गर्दछ भन्ने मान्यता दिन्छ, त्यसैले निष्पक्षता र समानता प्राप्त गर्न विशेष हस्तक्षेपहरू आवश्यक हुन्छन् भन्ने यसको मान्यता रहेको छ।
- यो साधन हो र यसले गुणात्मक तथा सारभूत समानताको कुरा गर्दछ।
- यसको लक्ष्य “समान लैङ्गिक परिणामहरू प्राप्त गर्न क्षतिपूर्ति लगायत विशिष्ट उपायहरू (specific measures) प्रयोग गरि विद्यमान असमानताहरूको अन्त्य गर्नु” हो।
- उदाहरण: लैङ्गिक सन्तुलनलाई प्रोत्साहित गर्न इन्जिनियरिङ जस्ता पुरुष प्रधान क्षेत्रहरूमा छात्राहरूलाई छात्रवृत्ति प्रदान गर्ने।
===========
माथि उल्लेखित उत्तरलाई लैंगिक समानता र लैंगिक समता बीचको फरकका रूपमा समेत अर्थ्याउन सकिन्छ।
क्र सं | क्षेत्र | लैङ्गिक समानता | लैङ्गिक समता |
1. | परिभाषा | लैङ्गिक समानता भनेको शिक्षा (education), रोजगारी (employment) र निर्णय लिने प्रक्रिया(decision-making process) लगायत जीवनका सम्पूर्ण क्षेत्रहरूमा सबै लिङ्गका व्यक्तिहरूलाई समान अवसर (same opportunities), अधिकार (rights) र जिम्मेवारीहरू (responsibilities) प्रदान गर्नु हो। | लैङ्गिक समता भनेको अधिकार (rights), दायित्व (obligations), अवसर (opportunities) र लाभहरूमा (benefits) लैङ्गिक समानता ल्याउनको लागि गरिने असमान व्यवहार हो। |
2 | दृष्टिकोण | लैङ्गिक समानताको अर्थ सबै लैङ्गिकता भएका व्यक्तिहरु उस्तै (same) हुन् वा उस्तै हुन्छन् भन्ने होइन। तर जन्मिएको व्यक्ति पुरुष हो कि महिला भन्ने आधारमा उनीहरुले पाउने अधिकार, जिम्मेवारी र अवसरहरू (rights, responsibilities, and opportunities) मा भेदभाव गरिनु हुदैन। सबै व्यक्तिहरुलाई उनीहरुको लैङ्गिकता नहेरीकन अवसरहरुमा समान पहुँच दिईनुपर्दछ। | लैङ्गिक समता, लैङ्गिकताको आधारमा व्यक्तिहरूको आफ्नो विशिष्ट आवश्यकता (unique needs) र परिस्थितिहरूलाई (circumstances) सम्बोधन गर्न निष्पक्षता (fairness) र न्यायमा (justice) केन्द्रित हुन्छ। यसले ऐतिहासिक र सामाजिक अन्याय तथा विकृतिहरूलाई (historical and social disadvantages) सच्याउने उपायहरू अवलम्बन गर्छ। |
3 | जोड | लैङ्गिक समानताले लैङ्गिकताको पर्वाह नगरी समान व्यवहारलाई जोड दिन्छ। | यसले प्रणालीगत असन्तुलनहरूलाई (systemic imbalances) पहिचान र सम्बोधन गरेर निष्पक्षतालाई जोड दिन्छ। |
4 | मान्यता | लैङ्गिक समानताले सबैजनाको अवस्थिति एउटै स्थितिबाट सुरु हुन्छ र उनीहरु सबैलाई समान रूपमा व्यवहार गर्नुपर्छ भन्ने मान्यता राख्छ। | लैङ्गिक समताले प्रणालीगत असमानताका कारण व्यक्तिहरूको अवस्थिति विभिन्न स्थानबाट सुरु हुने गर्दछ भन्ने मान्यता दिन्छ, त्यसैले निष्पक्षता र समानता प्राप्त गर्न विशेष हस्तक्षेपहरू आवश्यक हुन्छन् भन्ने यसको मान्यता रहेको छ। |
5 | प्रकृति | यो साध्य हो र यसले मात्रात्मक तथा औपचारिक समानताको कुरा गर्दछ। | यो साधन हो र यसले गुणात्मक तथा सारभूत समानताको कुरा गर्दछ। |
6 | लक्ष्य | यसको लक्ष्य “लैङ्गिकताका आधारमा भेदभाव हटाउन र सबैलाई समान रूपमा व्यवहार गर्ने समाज निर्माण गर्नु” हो। | यसको लक्ष्य “समान लैङ्गिक परिणामहरू प्राप्त गर्न क्षतिपूर्ति लगायत विशिष्ट उपायहरू (specific measures) प्रयोग गरि विद्यमान असमानताहरूको अन्त्य गर्नु” हो। |
7 | उदाहरण | पुरुष र महिलालाई समान कामको लागि समान तलब प्रदान गर्ने, वा केटा र केटीहरूको शिक्षामा समान पहुँच सुनिश्चित गर्ने आदि। | लैङ्गिक सन्तुलनलाई प्रोत्साहित गर्न इन्जिनियरिङ जस्ता पुरुष प्रधान क्षेत्रहरूमा छात्राहरूलाई छात्रवृत्ति प्रदान गर्ने। |