उद्देश्यद्वारा व्यवस्थापन (MBO) एक रणनीतिक व्यवस्थापन दृष्टिकोण (strategic management approach) हो जहाँ व्यवस्थापक र कर्मचारीहरूले संगठनको समग्र लक्ष्यहरूसँग (overall goals of the organization) मिल्दोजुल्दो वैयक्तिक विशिष्ट उद्देश्यहरू (specific objectives) तय/निर्धारण गर्दछन र सोको प्राप्तिका लागि सँगै काम गर्छन् । यो कार्यसम्पादन मुल्यांकन गर्ने परिणाममूलक विधि हो ।
यसमा संस्थाको लक्ष्यहरू स्पष्ट रूपमा परिभाषित गरेर संस्थाको लक्ष्यलाई कर्मचारीको उद्देश्यमा परिणत गरिन्छ। यो कामदारको वैयक्तिक उद्देश्य र संस्थाको उद्देश्यको समग्र रूप हो। यसले आफ्नो कार्य सम्पादनमा कामदार/कर्मचारीहरु स्वयंको “स्व-नियन्त्रण” कायम गराउनुका साथै आफू सम्वन्धित निर्णयहरुमा सहभागी हुन कामदार/कर्मचारीहरुलाई उत्प्रेरित गर्दछ। उद्देश्यद्वारा व्यवस्थापन (MBO) मा कामदारहरुको व्यवहारको मापन नगरी संगठनको सफलतामा कामदार/कर्मचारीहरुको योगदानको मापन गरिन्छ।
उद्देश्यद्वारा व्यवस्थापन (MBO) को अवधारणा, संगठनको कार्यसम्पादन (organizational performance) सुधार गर्ने एक विधिको रूपमा सन् १९५० को दशकमा पिटर ड्रकरद्वारा (Peter Drucker) विकसित गरिएको हो। उद्देश्यद्वारा व्यवस्थापन (MBO) का तीन आधारहरु लक्ष्य निर्धारण, पृष्ठपोषण र सहभागिता हुन।
उद्देश्यद्वारा व्यवस्थापन (MBO) मा निम्न प्रक्रियाहरु समाविष्ट हुन्छन।
-
लक्ष्य निर्धारण (Goal Setting): सबैभन्दा शुरुमा व्यवस्थापन र कामदार/कर्मचारीहरु संगै बसेर संगठनको उद्देश्यसंग मेल खाने गरि कामदार/कर्मचारीहरुको उद्देश्य बनाइन्छ । यस अन्तर्गत संयुक्त लक्ष्य (संगठनात्मक लक्ष्य र व्यक्तिगत लक्ष्य) निर्धारित गरिन्छ। व्यवस्थापक र कर्मचारीहरूले स्पष्ट (clear), मापनयोग्य (measurable), र समय-सीमाबद्ध (time-bounded) लक्ष्यहरू तय गर्दछन ।
-
कार्य योजना (Action Planning): लक्ष्य निर्धारण (Goal Setting) अन्तर्गत तयार गरिएका लक्ष्यहरू प्राप्त गर्न रणनीति (Strategies) र कार्य योजनाहरू (action plans) विकास गरिन्छ। यसमा प्रत्येक कामदारले ती लक्ष्य प्राप्त गर्न सम्पादन गर्नुपर्ने कार्य, ती कार्य सम्पन्न गर्न आवश्यक श्रोत, साधन, समय समेतको निर्धारण गरिन्छ ।
-
अनुगमन प्रगति (Monitoring Progress)/कार्यसम्पादन समिक्षा/मूल्याङ्कन (Performance Evaluation): पुर्व निर्धारित लक्ष्य प्राप्ति तर्फ प्रगति भए नभएको थाहा पाउन नियमित कार्यसम्पादन समिक्षा गरिन्छ । पूर्व निर्धारित लक्ष्यमा (agreed-upon objectives) कति उपलब्धि हासिल गरियो सो का आधारमा सफलताको मूल्याङ्कन गरिन्छ। कामदार/कर्मचारीहरुले नियमितरूपमा व्यवस्थापक र सुपरिवेक्षकहरुलाई भेटेर लक्ष्य अनुरुप अनुगमन प्रगति भए नभएको निश्चित गर्दछन र लक्ष्य अनुरुप प्रगति नभए सो लक्ष्य संसोधन वा परिवर्तन गर्दछन।
-
आवधिक पुनरावलोकन (Periodic Review), पृष्ठपोषण र सुधार (Feedback and Adjustments): कामदार/कर्मचारीहरुले गरेको कार्यसम्पादनको मूल्याङ्कनको आधारमा पृष्ठपोषण प्रदान गरिन्छ र आवश्यक भएमा लक्ष्य वा प्रक्रियाहरूमा सुधार गरिन्छ वा समाधानको उपाय अपनाइन्छ। यो प्रक्रिया अर्ध वार्षिक (६/६ महिनामा) वा चौमासिक (४/४ महिनामा) रूपमा गरिन्छ।
उद्देश्यहरूद्वारा व्यवस्थापनका (MBO) फाइदाहरू
-
लक्ष्यहरूको स्पष्टता (Clarity of Goals): उद्देश्यहरूद्वारा व्यवस्थापन (MBO) मा व्यवस्थापक र कर्मचारीहरू आफ्नो भूमिका र उनीहरूबाट के अपेक्षा गरिएको हो भन्ने बारे स्पष्ट रहन्छन। यो साझा समझदारीले कार्य सम्पादन गर्दा देखिन सक्ने भ्रम,कार्यगत द्वन्द/अस्पष्टता र गलत मार्गचित्रबाट बचाउँछ।
-
उत्प्रेरणामा वृद्धि (Increased Employee Motivation): लक्ष्य निर्धारण प्रक्रियामा आफै संलग्न हुँदा कर्मचारीहरूमा सो निर्धारित उद्देश्यहरू प्राप्त गर्नको लागि आफ्नोपन, स्वामित्व र जिम्मेवारीको भावना आउँदछ । यसले कर्मचारीहरूमा उत्प्रेरणा बढाउँछ, किनकि उनीहरूले आफ्नो योगदानको मुल्यांकन गरिएको महसुस गर्दछन।
-
आपसी छलफलमा सुधार (Improved Communication): उद्देश्यहरूद्वारा व्यवस्थापन (MBO) ले व्यवस्थापक र कर्मचारीहरू बीच खुला सञ्चारलाई (open communication) बढावा दिन्छ। उद्देश्य, प्रगति, र चुनौतीहरूको बारेमा नियमित छलफलले स्वस्थ संवाद (healthy dialogue) सिर्जना गर्दछ र र यसले समस्याहरू “ठूला समस्या” बन्नु अघि समयमै पहिचान र सम्बोधन/समाधान गर्दछ।
-
परिणाम केन्द्रित (Focus on Results): उद्देश्यहरूद्वारा व्यवस्थापन (MBO) ले विशिष्ट (specific), मापनयोग्य (measurable) परिणामहरू प्राप्त गर्नमा जोड दिन्छ। स्पष्ट उद्देश्यहरूमा ध्यान केन्द्रित गरेर, व्यक्ति र कार्य समूहहरूले संगठनको सफलतामा प्रत्यक्ष रूपमा योगदान गर्ने कार्यहरूलाई प्राथमिकता दिन्छ।
-
संगठनात्मक लक्ष्यहरूसँग पङ्क्तिबद्धता (Alignment with Organizational Goals): व्यक्तिगत उद्देश्य र विभागीय उद्देश्यहरू संगै निर्धारण गर्ने प्रक्रियाले प्रत्येक कर्मचारीले गर्ने काम संगठनको प्रमुख लक्ष्यहरूसँग पङ्क्तिबद्ध हुन्छ। लक्ष्यहरूसँगको यो पङ्क्तिबद्धताले संगठन एकजुट (cohesive) र एकीकृत (unified) दिशामा अघि बढ्दैछ भन्ने कुरा निश्चित गर्दछ ।
-
कार्यसम्पादन मापन (Performance Measurement): उद्देश्यहरूद्वारा व्यवस्थापन (MBO) ले कार्यसम्पादन मूल्याङ्कनका लागि स्पष्ट रूपरेखा प्रदान गर्दछ। कार्यसम्पादन समीक्षाहरूलाई (performance reviews) थप पारदर्शी र निष्पक्ष (transparent and fair) बनाउँदै कर्मचारीहरूको उपलब्धिहरूलाई परिभाषित लक्ष्यहरू (defined goals) का आधारमा वस्तुनिष्ठ रूपमा (objectively) मापन गर्न सकिन्छ।
-
कर्मचारी विकास (Employee Development): कर्मचारीहरू आफै लक्ष्यहरू तय गर्न र सो प्राप्त गर्न संलग्न रहने हुँदा, उद्देश्यहरूद्वारा व्यवस्थापन (MBO) ले आत्म-व्यवस्थापन (self-management) र जवाफदेहिताको (accountability) संस्कृतिलाई बढावा दिन्छ। यसले कर्मचारीहरूलाई निर्णय गर्ने सीपहरू (decision-making skills), समय व्यवस्थापन (time management), र अन्य दक्षताहरू विकास गर्न मद्दत गर्न सक्छ जसले उनीहरू र संस्था दुवैलाई फाइदा पुर्याउँछ।
-
लचिलोपन र अनुकूलन क्षमता (Flexibility and Adaptability): MBO मा आवधिक समीक्षाहरू (periodic reviews) गरिन्छन जहाँ उद्देश्यहरू आवश्यकता अनुसार परिमार्जित गर्न सकिन्छ।
-
संगठनात्मक कार्यसम्पादन बढाउँछ (Enhances Organizational Performance): संगठनमा सबैजना विशिष्ट, मापनयोग्य लक्ष्यहरूमा केन्द्रित हुने हुनाले यो कार्यले दक्षता र उत्पादकता बढाउँछ। सुधारिएको कार्यसम्पादन (improved performance) र साझा उद्देश्यको भावनाबाट (sense of shared purpose) सम्पूर्ण संगठन लाभान्वित हुन्छ।
-
साधन स्रोतको उत्तम विनियोजन (Better Resource Allocation): महत्त्वपूर्ण संगठनिक लक्ष्यहरूतर्फ केन्द्रित गर्दै समय, पैसा, र जनशक्ति लगायत साधनस्रोतहरूलाई प्रभावकारी रूपमा विनियोजन गरिन्छ।